अनखबर
मतगणना जारी रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रमेश डुम्रे वडा नं. ५ को वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनले १ हजार ८९ मत अन्तरमा नेकपा एमालेका उमेदवारलाई हराएका हुन् । निवर्तमान वडाध्यक्ष समेत रहेका चेतनारायण भण्डारीले ९सय ३४ मतमात्र प्राप्त गर्दा निर्वाचित अध्यक्ष डुम्रेले २हजार २३ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तहको चुनावमा उनै चेतनारायण भण्डारीसँग उपविजेता बनेका डुम्रे अहिले उनै भण्डारीलाई भारी मतले हराएर आफू वडाध्यक्षमा निर्वाचित भएका ह्ुन् । तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धात्मक मतपरिणाम आईरहेको छ । कांग्रेसका रामकृष्ण खाँणले केही मतले अग्रता लिईरहँदा एमालेका मोहन चापागाईले खाणँलाई पछ्याईरहेका छन् ।