भैरहवा-१३

रुपन्देहीको तिलोत्तमामा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागि भएको छ।

आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको  टयांकरमा आगलागि भएको रुपन्देही प्रहरीले जनाएको छ।

डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किएर क्रममा आगलागि हुँदा दुई वटा ट्याङकरमा पुर्ण क्षती पुगेको छ।

आगोलाई नियन्त्रण गर्ने प्रयास जारी छ। अहिले तिलोत्तमा, बुटवल र भैरहवाबाट गएर दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणमा आउन केहि समय लाग्ने जनाईएको छ। अहिले आगो नियन्त्रण भइसकेको छ ।