अनखबर
रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । आगलागीले २ वटा ट्याङकर सहित डिपोको ट्रष्ट, लगायतका संचरनासमेत ध्वस्त भएको ।


लु २ ख २६५६ र लु २ ख ५८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल नपाको दमकल, सैनामैना, गैडहवा, कञ्चन र सियारी गाउँपालिकाको संयुक्त दमकल लगायत त्यहाँस्थित सर्वसाधारण, कर्मचारी र सेना, जनपथ प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए ।
नियन्त्रणमा आएको छ, कुनै मानवीय क्षति भएको छैन । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।