अनखबर
नेपाल आयल निगम लुम्बिनीको प्रादेशिक कार्यलय रहेको भलबारी डिपोमा अकस्मात भएको आगलागीमा ज्यानको प्रवाहा नगरी आगो नियन्त्रणको लागी खटेका सबैलाई निगम कार्यालयले धन्ववाद ज्ञापन गरेको छ । लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोख्रेले विज्ञप्तीमार्फत अकल्पनीय आगलागीमा खट्नुभएका सबै सुरक्षाकर्मी, सेना, प्रहरी स्थानीय नागरिक तथा चालक सहचालकहरु पेट्रोलियम व्यवासायीसहित सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्  ।


अत्यन्त प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकोले सो क्षेत्रको आगो समयमा नियन्त्रण गर्न नसकेको भए भयानक दुर्घटना हुने सम्भावना रहने भन्दै यस्तो हुन नदिन ज्यानको प्रवाहा नगरी ठूलो दुर्घटना हुनबाट जोगाएकोप्रती समेत उनले कृतज्ञता व्यक्त गरेका छन् । अचानक आगो लागी टैकंट्रक नष्ट भएकोप्रती दुख व्यक्त गर्दै प्रमुख पोख्रेलले यस्ता घटना नदोहोर्याउन सावधानी अपनाउन समेत सबै चालकहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको आयल निगमको विज्ञप्ती यस्तो छ ः
अत्यन्त प्रज्वलनशिल पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगम लुम्विनी प्रादेशिक कार्यलयको भलवारी डिपोमा मिति २०७९ /२ /१३ गते दिनको ११।३५ बजेतिर टैकट्रकहरु डिपोमा अनलोडिङ गर्ने क्रममा पेट्रोलको टैकट्रकमा अकस्मात आगलागि हुदाको अकल्पनिय कोलाहल सहितको श्रव्य दृष्यसंग जोखिमस्थलमा ज्यानको पर्वाह नगरी निस्वार्थ रुपमा आगलागि नियन्त्रणमा निरन्तर डटेर लागि रहने कर्मचारी साथिहरु नेपाली सेनाका डिपो सुरक्षार्थ खटिनु भएका बहादुर सुरक्षाकर्मी साथीहरु,स्थानिय नागरिकहरु, चालक तथा सहचालकहरु, ढुवानी तथा पेट्रोलियम व्यवसायी साथीहरु, संचारकर्मि मित्रहरु एवं घटनास्थलमा उपस्थित भई हौसला प्रदान गर्ने नेपाल प्रहरी लुम्विनी प्रदेशका डिआजी साव, एसपि साव तथा शसस्त्र प्रहरी परिवार लगायत प्रमुख जिल्ला अधिकारीज्यूको समन्वयात्मक भूमिकाबाट परिचालित स्थानिय निकायका बारणयन्त्रका कार्यदलको जोखिमपूर्ण अथक प्रयासले अकल्पनिय दुर्घटना घट्नवाट जोगिएका छ । यस्तो भयावह भीषण दुर्घटना अत्यन्त जोखिमवहनकासाथ पूर्ण रुपमा अग्नि नियन्त्रण गरि जन धनको क्षती हुनबाट जोगाउन सफल हुने सम्पूर्णमा हौसला सहित धन्यवाद प्रदान गर्नु हुने निगम कार्यकारि निर्देशक, निगम व्यवस्थापन तथा सम्पर्ण शुभेच्छा प्रदान गर्नुहुने सवै प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।

प्रादेशिक कार्यलय प्रमुख
लुम्बिनी प्रादेशिक कार्यलय
भलवारी, रूपन्देही