काठमाडौं

पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज वेपत्ता भएपछि खोजविनका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले जानकारी दिएका छन् ।

हेलिकोप्टरले टुकुचे, घाँसा, लेते आसापको धौलागिरी क्षेत्रमा खोजी सुरु गरेको छ । जहाज जोमसोमको आकाशमा देखिएपनि लगत्तै धौलागिरी हिमालतिर फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।