अनखबर
नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ मा भेटिएको थियो।
तारा एयरको विमान दुर्घटनामा परेका चालक दलका सदस्यसहित २३ जना कोही पनि ज्युँदो नरहेको पुष्टि भएको छ । लाससमेत पहिचान गर्न मुस्किल हुनेगरी डढेको अवस्थामा रहेको त्यहाँ पुगेका एक अधिकारीले बताएका छन् । हिजोदेखी हराएको जहाज आजमात्रै भेटिएको थियो ।
स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पूरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।
सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए ।
सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।