अनखबर
नापी कार्यालय भैरहवाका एक अमिन ३० हजार रुपैंया घुसरकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी भैहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । सिनपा १२ स्थित जग्गाको हालसाविकमा लागि ३० हजार घुस लिदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधानका सूचना अधिकारी बेद प्रसाद भण्डारी ले जानकारी दिए ।