अनखबर/ बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ कलौनी स्थित शिव भवानी कपास उद्योगमा आगलागी भएको छ ।
आगलागीले उद्योगमा रहेको ठूलो परीणाममा कपास नष्ट भएको छ । कपास, उद्योगको संरचना र कपासको मेसिनसमेत जलेर नष्ट भएका छ्न ।
उद्योगमा ४०० गाठजती कालो कपास, १०० गाठ सेतो कपास, ६० गाठ सेतो २ नम्बर कपास,३५ गाठ उनी र कपासको कच्चा पदार्थ ४० टन पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
विहान उद्योग सुरु गर्ने तयारी गर्दा विद्युत सट भैइ आगलागी भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
शिव पाठक र जगन्नाथ भण्डारीको संयुक्त लगानीमा संचालित उद्योगमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षती भएको जनाईएको छ ।
अहिले आगो पूर्ण नियन्त्रणमा आएको छ । स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका , बुटवल उपमहानगरपालिका र लुम्बिनी सास्कृतीक नगरपालिकाको दमकलहरुको सहायताले आगलागी नियन्त्रणमा आएको थियो ।