अनखबर
श्रीमान उत्तम कुमार वलीको निधनपछि लुम्बिनी प्रदेशको राजनीतिमा लगातार चर्चामा रहने पात्र हुन विमला वली । उनै प्रदेश सभा सदस्य एवं स्वस्थ्य राज्यम्नत्री विमला कुमारी खत्री वलीलाई प्रेमिको घरमा पुगेर श्रीमती र छोरीमाथी हातपात गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस अघि चुम्मन मार्फत प्रेम सार्वजनिक भएकी मन्त्री वलीलले आफ्ना प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमतीलाई आज बिहानै घरमा पुगेर हातपात गरेपछि अहिले प्रहरी नियन्त्रणमा छिन्।

उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन। मन्त्रीलाई कार्वाही गर्न तल्सीपरमा प्रदर्शन गरिएको छ।

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान हुन भन्दै बिहानै घर पसेर कुटपिट र तोडफोड गरेपछि स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

आफ्नो निजी सुरक्षा गार्ड सहित बस्नेतको घर रहेको तुल्सीपुर नगरपालिका वडा नं ५आलुमण्डी पुगेकी मन्त्री वलीले आफू एकराज बस्नेतकी श्रीमती हुं भन्दै एकराज बस्नेतकी श्रीमती र ६ वर्षकी छोरीलाई हातपात गरेको बस्नेतकी श्रीमती मीनाको भनाइ छ।

राज्यमन्त्री वलीका श्रीमान लुम्विनी प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता उत्तर कुमार वलीको सडक दुर्घटनामा परी ज्यान गएपछि २०७६ सालको उपनिर्वाचनमा उनकी पत्नी बिमलालाई प्रदेशसभा सदस्य निर्वाचित भएकी थिईन्।

यस अघि पनि बिमला र उनका प्रेमी एकराज बस्नेतको एक आपसमा चुम्वन गरेको तस्वीर समाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि उनीमाथी नैतिकतका आधारमा राजनिमा दिनु पर्ने दवाव परेको थियो। तर सत्ता सन्तुलनको खेलका कारण उनी मन्त्री पदमा पुग्न सफल भएकी थिईन्।

एकराज र मीनाका एक छोरा र एक छोरी छन्। भने बिमलाका पनि दुई छोरा छन्। बिमलाका छोराहरुले जिल्ला अदालत दाङमा सम्पती संरक्षणको मुद्धा दिएका छन्।

मिनाले प्रहरी संग दिएको प्रारम्भिक बयान ः
‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ। को रहेछ भनेर गएँ। बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई। मैले ढोका खोलेँ। भित्र आउनासाथ ‘मेरो एकराज खोइ रु’ भन्दै पर्दाहरु तानेर छिनाइ। झुल पनि तानेर फाली। ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी। मेरो लुगा पनि च्यातचुत पारी। अर्को कोठामा गएर नानीलाई पनि हानिछे। नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई। अहिले रोइरहेकी छे। उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई।’