बुटवल, असार १

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले एक्लै चुनाव जितेर सरकार बनाउन सक्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा आएको मतले मुलुकको ठूलो दल एमाले हो भन्ने पुष्टि गरेको बताउंदै अवको चुनाव जितेर एमालेले सरकार बनाउने दावी गर्नुभयो । पे्रस चौतारी नेपाल,रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पांच दलीय गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दावी गर्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका महासचिव पोखरेलले सत्ताको स्वार्थमा गठबन्धन बनेको आरोप लगाउनुभयो । उहांले एमालेलाई सत्ताको स्वार्थ नभएको उल्लेख गर्दै एमालेमा देश निर्माणको स्वार्थ भएकाले गठबन्धनलाई एमालेले सहज रुपमा सामना गर्न सक्ने बताउनुभयो । कतिपय ठाउंमा तालमेल होला तर एमाले एक्लै चुनावमा जाने र जित्ने दावी गर्नुभयो । एमालेका सामु गठबन्धन असफल भएको दावी गर्दै गठबन्धन भनेको विचलन र विदेशीलाई भित्राउने शक्ति हो भन्नुभयो । गठबन्धन समस्याको समाधान होइन समस्या हो भन्नुभयो ।

उहांले नेपालको असंलग्न परराष्ट्र नीतिलाई प्रभाव पार्ने गरी नेपाल र अमेरिकी सेनाबीच सैन्य सम्झौता गर्न नहुने बताउनुभयो । नेपालको असंलग्न परराष्ट्रनीतिका बिरुद्व सरकारले दुई देशवीचका सेनासंग गर्न लागेको सैन्य गठबनधन एमालेलाई मान्य नहुने बताउनुभयो ।सरकारको गलत नीतिका कारण देशमा मौद्विक संकट उत्पनन भएको बताउनुभयो । सरकारले असफल हुंदा देश असफल हुन सक्ने बताउंदै अहिले नेपाली रुपैयां बैंकका पनि सन्चित नभएको र बजारमा पनि नभएको बताउनुभयो । उहांले नेपाल ठूलो आर्थिक संकटमा पर्ने अवस्था आएको बताउंदै यो सरकार पूंजीगत खर्च पनि गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाउनुभयो । एमालेको पालामा ३……. मुल्यवृद्वि अहिले गठबन्धनको सरकारको पालामा मुल्यवृद्वि कर ७.७९ प्रतिशतमा पुगेको बताउनुभयो । प्रेस  चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता र सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।