अनखबर सम्वाददाता / तिलोत्तमा १ शंकरनगरमा एच वी एस मल्ट्रीट्रेड ईन्टरप्राईजेज प्राली संचालनमा आएको छ ।
काठको आयात रोकेर मोडुलर फर्निचरलाई स्थापित गराउदै जनचहानाका काठका सामग्री उत्पादन गर्ने उद्देश्य सहित ईन्टरप्राईजेज संचालनमा आएको हो ।
उद्योगको उदघाटन गर्दै तिलोत्तमा नगरका नगरप्रमुखले तिलोत्तमामा आधुनिक मोडुलर फर्निचरको उद्योग संचालन हुनु निकै सुखद रहेको बताए । उनले नेपालमा देखिएको काठ तस्करीको समस्यालाइ समेत निराकरण गर्दै नयाँ प्रविधिका फर्निचरका सामाग्री उत्पादनको बजारीकरणलाई नगरपालिकाले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए । प्रमुख खाणले नगरपालिकालाई औद्योगिक शहर बनाउन नयाँ उद्योगीहरुलाई स्वागत गर्न आतुर रहेको भन्दै नगर उद्योगमैत्री बनेको समेत बताए ।
झन्डै ७ करोड लगानीमा सुरु भएको उद्योगले पार्टीकल बोर्ड, एमडिएफ बोर्ड, एचडिएफ बोर्डबाट आधुनिक फर्निचरका सामाग्री निर्माण गरिन्छ । बजारमा काठ र चाईनिज काठका कमसल र फिनिसिङ्ग नभएका सामग्री भना मोडुलर फर्निचरको अत्याधिक माग भैरहेको बेला माग बुझेर संचालनमा ल्याईएको एचवीएस प्रालीका अध्यक्ष होविन्द्र कार्कीले बताए ।
शंकरनगरमा उद्योग रहेको ईन्टरप्राईजेजको योगिकुटी र राजमार्ग चौराहामा शोरूम रहेको छ ।