अनखबर
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करको लागी ट्रान्जिट प्वाईन्ट बनिरहेको बेला । नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा १ सय २२ ग्राम सुनको गहना सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाल्पा राम्दिकोट वडा नम्बर १ का ३४ बर्षिय राजेन्द्र कामी रहेको बिमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।


गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख तिर्थराज पासवानका अनुसार कामीले लगाएको जुत्ताको मोजा भित्र ३ थान सुनको सिक्री र १ थान ब्रासलेट गरि ९ लाख ९० हजार रुपैया बराबरको १ सय २२ ग्राम सुन बरामद भएको हो ।
कतारबाट ट्रान्जिट भएर कुवेत हुँदै बिहान ६ बजे भैरहवा आइ पुगेको जजिरा एयरलाइन्सको उडान संख्या जे९, ९४५ बाट कामी आएका हुन । उनलाइ बिहान ८ बजे भन्सारको वाकथ्रु मेसिनमा चेकजाच गर्दा उनलाइ सुनसहित पक्राउ गरिएको निमित्त प्रमुख पासवानले जनाए ।
पक्राउ परेका कामीलाइ श्वास्थ्य परिक्षण गराइ आज शनिबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र भोलि भन्सार कार्यालयले नै बुझी थप कार्यवाही अगाडि बढाउने पासवानले जनाए ।