बुटवल । तिनाउ नदीको बाढीले बगाएर ल्याएको शव पहिचान भएको छ । उक्त शव बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर स्थित तिनाउ नदीमा फेला परेको थियो । बाढीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा उनलाई तिनाउ नदीले बगाएको हुन सक्ने प्रहरी प्रमुख केसीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।