अनखबर
नेकपा माओवादी (केन्द्र)की लुम्बिनी प्रदेश सांसद तथा स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी विमला वलीले आफूले राजीनामा नदिएको बताएकी छन् । यसअघि नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्ती बसन्तले उनले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको र मुख्यमन्त्रीले स्वीकृत गरेको बताएका थिए ।
(यो अडियो सुन्नुहोस् )
उनले अनखबरसँग कुरा गर्दै बाहिर मिडियामा केको आधारमा आयो थाहा भएन तर आफूले अहिलेसम्म कुनै राजीनामामा हस्ताक्षर नगरेको र मुख्यमन्त्रीलाई नभेटेको बताएकी हुन् । अनखबरसँग फोनमा कुरा गर्दै उनले राजीनामा दिने विषयमा कुराकानी भएको तर राजीनामा नदिएको र दिनै परे मन्त्री, सांसद र पार्टीबाट समेत एकैपटक राजीनामा दिने भनेको बताईन् । राजीनामा दिन दबाब दिएको भन्दै छाड्नपरे सबैबाट राजीनामा दिने बताईन् । उनी यसअघि बाईसिएलका नेता एकराज विष्टसँग नाम जोडिएको भन्दै विवादमा आएकी थिईन् । उनलाई घरमै पुगेर अभद्र व्यवहार गरेको विषयमा छानविन गर्न कमिटि नै गठन भएको छ ।