बुटवल

बुटवल उपमहानगरपालिकाको तिनाउ करिडोरमा कार्यरत एक मजदुरको रहस्यमयी मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–५ घर भई हाल बुटवलको तिनाउ करिडोरमा काम गर्दै आएका ५२ वर्षीय रमेश डाँगीको मृत्यु भएको हो ।

बुटवल–११ देविनगर पुल मगर घाटको उत्तरतर्फ निर्माणस्थल कुरुवाको रुपमा काम गर्दै आएका डाँगीलाई मृत अवस्थामा भेटेपछि सँगै काम गर्ने तथा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बारे जानकारी पाए लगत्तै बुटवल देविनगर प्रहरी चौकीको टोली त्यस स्थानमा पुगेको छ । प्रहरीका अनुसार बुधबार साँझसँगै काम गर्ने साथीहरुसँग मदिरा सेवन गरेर सुतेका डाँगी आज विहान मृत अवस्थामा फेला परेका हुन् ।

तिनाउ करिडोर निर्माणको जिम्मा पाएको किरातेश्वर मैनाचुली÷अविसा जेभीको काम गर्दै आएका उनी निर्माणस्थलको क्याम्प कुरुवाका रुपमा काम गर्दै आएका थिए । घटना बारे थप अनुसन्धानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोष्र्टमार्टमका लागि लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।