अनखबर /बुटवल
बुटवलको योगिकुटीमा कार दुर्घटना हुदा २ जना गम्भीर घाईते भएका छ्न । बुटवल ११ कालिकानगर बस्न्ने  कार चालक प्रविन क्षेत्री र सोही ठाउँका सचीन घिमिरे गम्भीर घाईते भएका हुन ।
विहान ५ बजे बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बाग्मती ०१-०२५ च ३५४३ नम्बरको कार तीब्र गतीका कारण उछिटिएर डिभाईडरमा ठोकिएको थियो । डिभाईडरको तारजाली सहित वैद्युतको पोल ढलाएको गाडी अर्को दिशाको सडकको १०० मिटर पर पुगी डिभाईडरमा पुगेर रोकिएको थियो ।
समयमै गाडीको एयरब्याग खुल्दा ठूलो क्षती हुन नपाएको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलस्थित चौराहा हस्पिटल प्राली मा उपचार भैरहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटना कसरी र के कारणले भएको हो अझै एकिन हुन सकेको छैन ।