अनखबर
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीले मंसिर ४ गतेलाई चुनावको तिथी तोक्दा राम्रो हुने बताएसँगै मंसिर ४ गते चुनावको मिति तय हुने सम्भावना बढेको छ । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आज बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।