तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मा एनजी मार्केट सञ्चालन गरिएको छ ।

एउटै छानामुनिबाट सबै प्रकार समानहरु उवलब्ध गराउने गरी एनजी मार्के शुरु गरिएको हो । घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्ने गरी सुपर मार्केटको रुपमा एनजी मार्केट सञ्चालन गरिएको बुधबार पत्रकमर सम्मेलन गरी जानकारी गराइएको छ । एनजी मार्केटका सञ्चालक आवास बञ्जाडेले उक्त मार्केट पूर्णरुपले सञ्चालनका लागि १ अर्ब बढी लगानी लाग्ने जानकारी गराउनुभएको छ ।

गत बैशाख १ गतेदेखि सञ्चालनमा आएको उक्त एनजी मार्केटको अझै केही भौतिक संरचना बन्दै गरेकाले १ अर्बमा बढी लगानी लाग्ने सञ्चालक बञ्जाडेले बताउनुभयो । उक्त मार्केट भित्र खाद्यान्न, फर्निचर, कपडा, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट क्याफे लगायत सबै प्रकारका पसलहरु रहने छन् ।

सञ्चालक बञ्जाडेका अनुसार उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउनका लागि कसरी सस्तोमा समान उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भैरहेको छ ।सुनौली जाने नेपालीलाई रोक्ने गरी एनजी मार्केट सञ्चालन गरिने र सुनौलीमा दिने दररेटमा सबै प्रकार समानहरु उपलब्ध गराउने अर्का सञ्चालक नारायण बञ्जाडेले बताउनुभयो ।एनजी मार्केट सञ्चालनका लागि ढाई विघा जमिन प्रयोग गरिएको छ ।