बुटवल
रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाे छ। जिल्लामा संक्रमण बढ्दै गएपछि बुधबार बसेको डिसीएमसीको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
साथै बैठकले आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्ने, चाडवाड, मेलामा हुने भीडभाड नियन्त्रण गर्ने आवश्यक पहल गर्ने निणर्य गरेको छ । संक्रमणको जोखिम बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा संक्रमण बढ्दो रहेकाले सचेत हुन सबैलाई आग्रह गरेका छ ।
रुपन्देहीमा मंगलबारसम्म १०३ जना संक्रिय संक्रमित रहेको छन् । ५०० सय भन्दा बढि संक्रमण बढि भएका स्थानमा लकडाउन र निषेधाज्ञा हुने कानुनी व्यवस्था रहेको छ । अहिले रुपन्देहीमा ६ जना कोरोनाका संक्रमित अस्पताल भर्ना भएका छन् ।