काठमाडौ
न्याय नपाएपछि पिडित महिलाले राष्ट्रपति निवास अगाडि आत्महत्याको प्रयास गरेकी छन् ।
कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।
पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् । उनी साउन २० बाट आमरण अनशनमा छिन् । प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ ।
अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।
न्याय पाउन आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउन पर्ने देशका नागरिक हौँ हामी, यतिसम्म पिडितको चीत्कार हुदा कसैलाई चासो छैन् ।