डडेल्धुरा
डडेल्धुरामा यात्रु बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर र आठ जना घाइते भएका छन् । डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको से १ ज ५०४ नम्बरको जीप आइतबार दिउँसो अमरगढी नगरपालिका–१० ऐरीगाउँमाथिको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।

उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालीको जीप डा। केआई सिंह राजमार्गबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा परी अमरगढी नगरपालिका–१ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउँपालिका–३ का बाटु भुल र शारदा पन्त उप्रेती, गन्यापधुरा–२ की चित्रा मल्ल, पशुपति मल्ल र जनक मल्ल, चालक नवदुर्गा गाउँपालिका– २ का यदुनाथ उप्रेती घाइते भएका छन् । घाइतेहरुको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो ।

उहाँको थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट अन्यत्र रिफर गर्न लागिएको प्रहरीले जानकारी दिएको छ ।