काठमाण्डौं

नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै बुटवलमा राँके जुलुस गरेका छन् । विभिन्न चरणबद्ध आन्दोलनमा रहेका ४ राजनीतिक दलले भोलि भाद्र ७ गतेका लागि आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेका हुन्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले विभिनन संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही कार्यक्रम अन्तरगत भोलि नेपाल बन्दको घोषणा गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी बिज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको ठोकुवा गरिएको छ ।