काठमाडौं
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर सामान्य रुपमा परेको छ । मुख्य राजमार्गहरुमा लामो दुरीका बाहेक वसारीहरु फट्टफट्ट गुडेका छन् । व्यापार पसलहरु मुख्य बजार क्षेत्र बाहेका ठाउँमा सामान्य रुपमा सञ्चालनमा आएका छन् ।
सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन । विहनै देशका विभिन्न ठाउँमा आगजनी, नक्कली बम भेटिएका खबर तथा प्रहरी र बन्दकर्ता बीचको मुडभेडका खबरले सञ्चालनमा आएका व्यापार तथा व्यवसायीहरु सशंकित भएका छन् ।