बुटवल
दाङमा बिमा रकमको लोभले नेपाल बन्दको मौका छोपि चालक र सहचालकले आफैँले चलाउने टिपरमा आगो लगाएको खुलेको छ ।
चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता खड्कबहादुर खड्काले बताए । मंगलबार विहान उनीहरुले घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाएका थिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा विमाको रकम आउने भन्दै आगजानी गरेको खुलेको प्रहरी प्रवक्ता खडुकाले बताए ।