बुटवल, ७ भदौ । मंत्र करियर ईनिष्टिच्यूट बुटवल ४ ट्राफिकचोक र भिजा डाइरेक्ट एजुकेसन एण्ड माईग्रेसन अस्ट्रेलिया को संयुक्त आयोजनामा अष्ट्रेलियामा जाने विद्यार्थीहरुलाई परामर्श कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई त्यहाँ जानु पुर्व हुने अपेक्षा, चुनौती र वास्तविकता सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको हो । ईनिष्टिच्यूटकी डाइरेक्टर आशिका पोख्रेलले धेरै विद्यार्थीहरुलाई यहां कन्सल्टेन्सि मा दिईने काउन्सिलिङ र अष्ट्रेलिया पुगेपछि निकै फरक हुने भएकाले विद्यार्थीहरुलाई अप्ठयारो नपरोस भन्ने उद्देश्यका साथ परामर्श कार्यक्रम गरेको बताउनुभयो । अष्ट्रेलियामा सम्भावनाका साथै चुनौती पनि रहेको र कतिपय विद्यार्थीहरुमा चुनौतीका बारेमा थाहा नहुँदा अप्ठयारोमा परेको भन्दै विद्यार्थीहरुलाई अष्ट्रेलियामा पुगेपछि सहज हुने गरी यो कार्यक्रमको आयोजना गरिएको उहांको भनाई छ । परामर्श कार्यक्रममा गैर आवसिय नपाल संघ, अष्ट्रेलियाका पुर्व अध्यक्ष केशव कंडेलले परामर्श दिनुभएको थियो । उहांले त्यहाँ आफु रहदाको अनुभव, अष्ट्रेलिया कसरी जाने, विद्यार्थीले त्यहाँ पुगेपछि गर्ने कार्य लगाएत आईपर्ने समस्या र कानुनी उपचारका बारेमा जानाकारी दिनुभएको थियो । डेढ बर्ष अघि मात्रै स्थापना भएको मंत्र करियर ईनिष्टिच्यूटले पहिलो प्राथमिकता नेपाल मै केही गर्नु पर्छ भनेर विभिन्न किसिम का तालिम प्रदान गराउदै आइरहेको छ। युबा हरु लाइ उपयुक्त कम्प्युटर तालिम/ कम्पनी लेखा सम्बन्धी तालिम दिदै विभिन्न कम्पनि मा काम गर्न दक्ष बनाएर सयांै भन्दा बढि युबा हरु लाई आत्म निर्भर बनाएको छ। र साथै वैदेशिक शिक्षा को लागि भिजा डाइरेक्ट एजुकेसन एण्ड माइग्रेसन संग सम्झौता गरेर वैदेशिक शिक्षा को लागि अष्ट्रेलिया जान चाहने बिद्यार्थी लाई उचित सुझाब दिदै सहयोग गर्दै आइरहेको छ।