बुटवल
रुपन्देही क्षेत्र नम्बर ५ (ख) मा नेपाली कांग्रेसबाट फकरुद्धिन खान सिफारिस भएका छन् । बुधबार बसेको क्षेत्रीय समितिको बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि सो क्षेत्रबाट खानलाई सिफारिस गरेको हो ।
खान २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । खान नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक हुन् । यस्तै बैठकले प्रदेशसभाको समानुपातिक तर्फ ५ जना सिफारिस गरेको छ । समानुपातिक तर्फ वशिउल्ला मुसलमान, मोहम्द सईद खाँ, शेसमन यादब, बिरेन्द्र त्रिपाठि र सुर्यमूर्ती उपाध्याय सिफारिस भएका हुन् ।