बुटवल ।

विहिबारदेखि अवरुद्ध बुटवल-पाल्पा सडक खुलाउने प्रयास अझै सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।

विहिबार साझदेखि डाइभर्सन गरि सडक खुलाउने प्रयास जारी रहेपनि रातीदेखि परेको वर्षाले  काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । विहिबारदेखि सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरुलाई अर्घाखाँचीका विभिन्न सडकहुँदै गन्तव्यमा जान भनिएको छ भने स्याङ्जा पोखराबाट आएका सवारीहरुलाई मुग्लिन नारायणगढको सडकहुँदै जानका लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि शुक्रबार आज विहानैदेखि प्रयास भइरहेको जनाइएको छ । सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरुको प्रयोग गर्न आग्रह गरिएको छ ।