काठमाडौं ।
राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्यो भने ‘राजा’ सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए ।
नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, “नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण गर्यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ । कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।”
कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन गर्यो होला भनेर खोज्न सुझाव दिन चाहान्छु ।
एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै आलेको यो वाक्य हटाउन माग गरेका छन् ।