राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सीपीएल (क्यारेबियन प्रिमियर लिग) को लागी उनी जमैकामा छन् । उनलाई अन्तराष्ट्रिय क्रिकेटले समेत चासो दिएपछि खेल खेल्न दिने नदिने टुङ्गो लागेको छैन । खेल्न नदिए लगत्तै उनी नेपाल आउने तयारीमा छन्, यसबारे क्यानलाई जानकारी दिएको र वकिल खोजिदिन समेत उनले आग्रह गरेका छन् भने यता प्रहरीले भने आउनसाथ पक्राउ गर्नेगरी पक्राउ पूर्जी तयार गरेर राखेको छ ।


त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । बिहिबार अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज छन् । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।