बुटवल
नेकपा एकृकित समाजावादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी मात्रै नहेरी व्यक्ति र जनतकासँग जोडिएका एजेण्डालाई हेरर मत दिने बताइएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता झाँक्रीले एमालेले ल्याएका पानी जहाज,रेल,जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै स्थानीय माग र आवश्यकताको आधारमा स्पष्ट एजेण्डालाई ल्याउनेलाई जनताले मत दिने बताएकी हुन् ।
मुलकको हितको लागि दिर्घकालिन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसकोलागि गठबन्धन आवश्यकता रहको रहेको जोड दिइन् । विकास समृद्धि लागि विश्वासको थुपै मुलुकहरुले पनि गठबन्धन प्रकृया अंगालेको भन्दै नेता झाँक्रीले नेपालमा देश र जनताको हित सफल हुने दावी गरिन्।
साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले देशको विकास, आम नेपालीको जीवनस्तर उकास्नको लागि ५ दलीय गठबन्धन आवश्यक भएको दावी गरे । आगामि मंसिर ४ गते जनताले गठबन्धनलाई जिताएर पुष्टी गर्ने बताए ।
नेकपा माओवादीका केन्द्रिय सदस्य विनोद पहाडीले संघीयता, संविधानलाई संस्थागत गर्नका लागि ५ दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिष्पर्धी पार्टीसंग चुनावमा भिड्ने बताएका छन् ।
नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद् तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो वन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने जनाउँदै, वडा स्तरमा करोड खर्च गरेको मेरै जिल्ला कपिलवस्तुको एउटा वडामा भएको सुने । यसमा हामीले गम्भिरता पूर्वक सोँच्नुपर्ने वेला आएको बताए ।