अनखबर  / बुटवल
बुटवलमा शुक्रबार बिहान विद्यालय गएका तीन विद्यार्थी घर नफर्किएपछि उनीहरुको खोजि गर्न आग्रह गर्दै परिवार प्रहरीकोमा पुगेको थियो । सिमानाकाको फुटेज र भारतीय प्रहरीसँगको समन्वयमा उनीहरु भारतको मुम्बईस्थित केरला स्टेशनमा रेलबाट भरेको र बेहोसी अवस्थामा रहेको खबर आएको परिवारतर्फबाट पीडितका मामा राजु पन्थीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नं ९ मा रहेको नबिन औद्योगिक माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत २ जना बिद्यार्थी र नहरपुर माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यायनरत १ जना गरी ३ जना बिद्यार्थी सुक्रवार बिहान देखि बेपत्ता छन्।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क बिहीन भएक थिए ।  उनीहरु नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ।
वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका छन्। उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेका थिए । शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको जानकारी प्रहरीमा आएको छ ।
केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीयहरुले विद्यार्थी अपहरण गरेर लैजान थालेको विषय सामाजिक सन्जालमा भाइरल बनिरहेका बेला बुटवलमा भएको यो विषयले विद्यार्थी तथा अभिभावलाई थप त्रसिद बनाएको छ ।