काठमाडौं
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ ।

गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ ।अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो वर्षको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।