स्याङ्जा
स्याङ्जाको वालिङमा सक्रिय युवाहरूको अगुवाइमा गठित नेपाल स्वयंसेवक सञ्जाल वालिङ ९ को प्रथम अधिबेशनले गोविन्द गैह्रेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा रामप्रसाद भुसाल,सचिब :विशाल पराजुलि (बिनोद)कोषाध्यक्ष शिवलाल गैह्रे सदस्यहरुमा प्रेम गैह्रे ,ख्यामु भुसाल,आनन्द गैह्रे, किशान पराजुली ,आनन्द गैह्रे,निमेष न्यौपाने र शान्ति गैह्रे रहेका छन् भने सल्लाहाकार समितीमा निलकन्ठ गैह्रे,केदारनाथ गैह्रे ,ईश्वर डुम्रे, घनश्याम डुम्रे,राजु डुम्रे र प्रेम प्रसाद पराजुली रहेको सञ्जालले बताएको छ ।

सामाजिक जनचेतना र विकास निर्माणमा नेतृत्वदायी भुमिका खेल्दै आईरहेको सञ्जालले वालिङ क्षेत्रमा सिर्जनात्मक र रचनात्मक काम गर्दै आईरहेको छ ।
अधिवेशन उद्घाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खांणले युवाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियोे ।

केदारनाथ गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिशाल पराजुलीले गर्नुभएको नवनिर्वाचित अध्यक्ष गोविन्द गैह्रले बताउनुभयो ।