बुटवल
सातौँ संविधान दिवस बुटवलमा पनि मनाइएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुटवल मण्डपमा रहेको बुटवल अन्तर्राष्ट्रिय सभा हलमा विशेष कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको हो।
त्यसअघि राजमार्ग चौराहबाट मण्डपसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, विभिन्न झाँकी, लाखे नाचसँगै भएको प्रभातफेरी मण्डपमा पुगेर विशेष समारोह कार्यक्रममा परिणत भएको थियो।