अनखबर
वालिङ नगरपालिका १२ घुरुङखाँमा अवस्थित देशकै चर्चित अकला देबि मन्दिरको दान फेटिकाको भेटी रकम चोरी भएको छ । मुल ढोकामा लगाएको ताला फोरेर भित्र रहेको दान पेटिका फुटाएर संकलन भएको दान रकम गतराती चोरी भएको पूजाँरीले बताएका छन् ।


दैनिक हजारैं भक्तजनहरु पुग्ने र आस्थाको कारणपनि मन्दीरमा हजारौं भेटि चढ्ने गर्छ, मन्दिर व्यवस्थापन समितिले सो रकमलाई मन्दिर विकासको लागी खर्च गर्ने गरेको थियो । भेटी कहिलेदेखीको र कति चोुरी भएको हो भन्नेबारे यकिन गर्न नसकिएपनि घटनाबारे जानकारी पाएपछि सोबारे अनुसन्धान सुरु गरिएको समितिका अध्यक्ष भविराज गुरुङले जानकारी दिएका छन् । (अकला आवाजबाट)