भैरहवा
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए ।

गृहमन्त्री खाणले भने, “जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ ।”

नेपाली कांग्रेसले गठबन्धनलाई बचाएन भने नेपालको संविधान, लोकतन्त्र र जनताको अधिकारमाथि प्रहार हुन सक्छ भन्दै आगामी निर्वाचनका लागि उम्मेदवारकाे संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेकाे बताए ।

“सरकार लगायत हामीले पनि संविधानको पालना गर्नुपर्छ र हामी प्रतिबद्ध छौ । देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनु पर्छ । संविधान नै लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला हो । आधारशीलालाई भत्काउने कोशिश भएको छ । प्रतिनिधिसभ र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएकाे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेकाे राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ ।” – गृहमन्त्री बालकृष्ण खाण