बुटवल
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर -२ बाट मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्ष पौडेलले रुपन्देही-२ बाट दलबल सहित बुटवल उपमहानगरमा स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उदबिर नेपालीले जानकारी दिए।
रुपन्देही-२ मा मतदान केन्द्र १३१ र मतदान स्थल २३ वटा रहेका छ्न् । रुपन्देही-२ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका वडा नं.१३, तिलोत्तमा नगरपालिकाका वडा नं.६ र सैनामैना नगरपालिकाका वडा नं.४ गरि ३ वडाहरु पर्छन् । यस क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् । यो क्षेत्रबाट पौडेल ३ पटक निवाचन जितेका छ्न् ।