अनखबर
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनले महासचिव विप्लवको राजनीतिक प्रतिवेदन पास गरेको छ । असोज २५ गतेदेखी कपिलवस्तुको शिवगढीस्थित आफ्नै नवनिर्मित पार्टी कार्यालयमा चलेको ९औं महाधिवेशनले महासचिव विप्लवको १०३ पृष्ठ लामो राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम पास गरेको महाधिवेशनमा सहभागी पार्टीका नेताले जानकारि दिएका छन् ।
उक्त राजनीतिक प्रस्तावमा अन्तराष्ट्रिय परिस्थिती,राष्ट्रिय परिस्थिती, कम्युनिष्ट आन्दोलनको समिक्षा, आठौं महाधिवेशनदेखी हालसम्मको समिक्षा, पार्टीका महत्वपूर्ण संश्लेषण, कार्यक्रमm कार्यदिशा, रणनीति र कार्यनीति, वैज्ञानिक समाजवादी व्यवस्थाका समग्र नीति, पार्टीको आगामी योजना लगातका विषयमा वृहत छलफलपश्चात सुझावहरुसहित प्रतिवेदन पास गरिएको हो ।
यस्तै महाधिवेशनमा सचिवालय सदस्य सन्तोष बुढाले जातीय उत्पीडन र मुक्तिका विषयमा प्रतिवेदन राखेका थिए ।पछिल्लो समय ८ औं महाधिवेशन यता लामो समय प्रतिबन्ध, ३ बुँदे सहमति, पार्टी विभाजन लगायतका विषयहरु नेकपामा देखा परेका महत्वपूर्ण परिघटना हुन् । नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको बारेमा समेत महाधिवेशनमा बृहत छलफल भएको जनाईएको छ ।
पार्टीले स्थानीय तहको निर्वाचन सापेक्षिक रुपमा विपक्षमा रहेको र देशभक्त, राष्ट्रवादी उमेद्वारलाई समर्थन गर्ने निर्णय गरेको थियो भने आगामी मंसिर ४ मा हुने संघीय निर्वाचन भने सशक्त रुपमा खारेज गर्ने बताएको छ । करिब ७ सय प्रतिनिधी पर्यवेक्षक रहेको उक्त महाधिवेशन आज सकिने कार्यतालिका छ ।