अनखबर
सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । सरकारी कोटामा अध्ययन गरेको र सरकारबाट अध्ययनका क्रममा नियमित छात्रवृत्ति लिनु लाभको पद भएको ठहर गर्दै न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।