अनखबर बुटवल । रुपन्देही क्षेत्र नं. २ का प्रत्यक्षतर्फ एमालेका उमेद्वार एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै विकासमा बुटवललाई मोडल बनाउने बताएका छन् । प्रतिवद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल–गोरुसिङ्गे सडकलाई ६ लेनमा स्तरोन्नती गर्ने बताए ।
विभिन्न १४ वटा क्षेत्रलाई समेटेर तयार पारिएको २५ पृष्ठको प्रतिवद्धतापत्रमा कालिगणडकी(तिनाउ डाइभर्सन, तिनाउ(दानव नदी कोरिडोर, गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा ट्रमिनल भवन निर्माण, बुटवलमन मेडिकद कलेज स्थापना लगायतका योजनाहरुलाई समेटिएको छ । एमाले उपाध्यक्ष पौडेलले तिनाउ( दानव करिडोर क्षेत्रमा पर्ने बासिन्दाहरुलाई व्वस्थित र सुविधा सम्पन्न क्षेत्रमा स्थान्नतरण गरेर मात्रै योजना अघि बढनइने बताएका छन् । यसैगरी ज्योतिनगर पहिरो लगायतका चुरे संरक्षण तथा बस्ति सुरक्षाका लागि केन्द्रीय नीति बनाएर अघि बढ्ने उल्लेख गरे ।
प्रतिवद्धतामा प्रतिवद्धतापत्रमा एकीकृत विकास र रुपान्तरणकारी पूर्वाधार सहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगारी, पर्यटन, कला र संस्कृति, कृषि र सिँचाइ, सडक, खानेपानी, विद्युत तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवाप्रवाह जस्ता विषयमा विषयगत प्रतिवद्धता रहेका छन् ।