अनखबर /स्याङ्जा
स्याङ्जा को वालिङ् १४ स्थित काफ्लेटिमा बाघको आक्रमणमा परी ३ जना घाईते भएका छन् । विहान ९ बजे लंकाकोट जंगलदेखी काफ्लेटितर्फ आएको बाघले एक्कासी एक स्थानीय महिलालाई आक्रमण गरेपछि गाउँभर आतंक फैलिएको थियो । बाघले आक्रमण गरेपछि गाउँका अन्य मानिसको घरमा समेत बाघ पुगेका र अहिले बाघ स्थानीय चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनिएको स्थानीय हिमाल डुम्रेले जानकारी दिए ।
बाघको आक्रमणबाट घाईते किसानलाल न्यौपाने
काफ्लेटि घर हुने स्थानीय लक्ष्मी पराजुली, खेतमा काम गर्न गएका डाडाखर्क स्थायी घर हुने किसानलाल न्यौपाने र ७० बर्षीया तुल्सा पराजुलीलाई बाघले आक्रमण गरेपछी तिनै जना घाईतेको उपचारको लागी वालिङस्थित प्राथमिक स्वास्थ्य चौकी लगिएको छ । घाईतेमध्ये तुल्सा पराजुलीको अवस्था गम्भीर रहेको स्थानीयहरुले बताएका छन् । बाघ अहिले नियन्त्रणमा रहेपनी उक्त बाघलाई समात्नको लागी बन कार्यालयको टोलीसहित जिल्ला प्रहरी कार्यालयको टोली काफ्लेटी जादैं छ ।