५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा। शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ ।
दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा। शेखरले संसदीय दलको दाबी छाडेका छन् । होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।
महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखरलाई हाम्रो समूहको उम्मेदवार बनाउने प्रस्ताव गगनजीले नै गर्नुभयो,’ सांसद सुनिल शर्मा भन्छन्, ‘संसदीय दलमा गगन उठाउने र १५औं महाधिवेशनमा सभापतिमा हाम्रो समूहबाट शेखर उम्मेदवार बन्ने निर्णय ग¥यौं ।’ गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भए ।
संसदहरुको गणीत हेर्ने हो भने देउवापक्ष बलियो देखिन्छ । तर लोकप्रियताको आधारमा गगनले जित्ने नजित्ने भने यसै भन्न सकिने अवस्था छैन । शेखर समुहबाट महामन्त्री पदमा लोकप्रिय मत पाएका गगनले यसपालि पनि उही मत दोहोर्याउन सकेभने उनी दलको नेता बन्ने सम्भावना देखिन्छ । पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रिद्धय प्रदीप पौडेल, विश्वप्रकाश शर्मा समर्थक रहेको उनको प्रस्तावक शेखर कोईराला छन् ।