अनखबर
शताब्दीको सबैभन्दा कुख्यात अपराधीको रुपमा आफ्नो जीवनकाल विताएका शोभराज नेपालबाट रिहा भएर फ्रान्स जादैंछन्, सम्भवत उनलाई केही दिनमै फ्रान्स पठाईनेछ , नेपाल कहिल्यै नफर्कने गरी । उनी नेपालका यस्ता पाहुना हुन जस्ले सबैभन्दा धेरै समय जेलजीवनमा विताए । सिरियल किलर भनेर चर्चित चाल्र्सले आफ्नो सजायको ९० प्रतिशत सजाय विताएको र बृद्ध भएको भन्दै सर्वाेच्चले दिएको आदेशबमोजिम उनी रिहाई हुन लागेका हुन् ।
झण्डै २४ बर्ष अगाडी थाईल्याण्डको पटाया सहरको समुद्री तटमा ६ जना विकिनी लगाएका महिलाहरुलाई लगातार मार्ने यि शोभराज विचित्रको स्वभावका मान्छे हुन् । उनी थाईल्याण्डमा हत्या आरोपमा पक्राउ पर्ने डरले भागेर भारत आए भारतमा २१ बर्षको जेल सजाय तोकिएको थियो तर विचमै उनले जेलभित्रै आफ्नो बर्थडे पार्टी मनाएर सबै प्रहरीलाई लठ्याउने औषधी प्रयोग गरी उनले आफूसहित अन्य केैदिलाई समेत भगाएका थिए । त्यसपछि उनी केही बर्ष पाकिस्थान लुके । आफ्नो हुलिया फेरेर केही समय नेपालमा पर्यटकको रुपमा घुमे । पछि काठमाडौंको एक क्लबमा उनलाई प्रहरीले प्रक्राउ गरयो । छानविन गर्दै जादा विश्वचर्चित अपराधी र मस्ट वान्टेट सूचिमा रहेका उनै शोभराज चाल्र्स भएको पुष्टी भयो । उनी फान्स, थाईल्याण्ड, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।
शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । उनले विकिनी लगाएका सुन्दरीहरुसँग रात कटाएपछि फेरी अरुसँग नकटाउन भन्नलाई कतिपयको हत्या गरेको अपुष्ट भनाईहरु आउने गर्छ, तर उनको अदालती बयानमा भने उनको यो कुरा स्वीकारेका छैनन् ।