अनखबर
वालिङ नगरपालिका १२ का स्थानीय युवा डोलम पराजुलीले अमलाको अचार र बेलबाट उत्पादित चिया बनाउन सुरु गरेका छन् । स्थानीय अमला र बेलबाट उत्पादित अर्गानिक अमलाको अचार र बेलको चियापत्ती उत्पादन गरी विक्री वितरण समेत सुरु गरेका छन् ।
आफ्नै खेतबारीमा फलेका अमलाबाट अर्गानिक अचार बनाएपछि अचार पारखीहरुले अमलाको अचारमा चासो र महत्त्व देखाएका छन् भने एकदमै नयाँ र नौलो उत्पादनका रुपमा पराजुलीले बेलबाट बनेको चियापत्ती समेत बनाएका छन् । पराजुलीले बनाएको बेलको चिया धेरैले मन पराएपछी कतिपय स्थानीय बजारमा माग समेत भएको छ ।
पराजुलीले भने ‘हाम्रा खेतबारी फालिएका अमला र बेलबाट अचार र चियापत्ती बनाउदै स्थानीय उत्पादनलाई बजारमा पुर्याउने मेरो लक्ष्य र योजना हो ।
मेरो यो अभियानलाई मिडियाले पनि साथ दिनुपर्याे’ अकला आवाजलाई पराजुलीले भने ।
पराजुलीले स्थानीय मेला तथा महोत्सवमा समेत अचार र बेलको चियाको सेवा र विक्री वितरण समेत गरिरहेका छन् ।
पराजुलीले बादरले समस्यामा परेका क्षेत्रमा बेल,अमला लगाएर अचार तथा अर्गानिक चियापत्ती उत्पादन गर्दा स्थानीय उत्पादन समेत बढ्ने बताए । स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न र उद्धमी बनाउने अभियानमा सरोकारवाला पक्षले ध्यान दिन पर्ने समेत पराजुलीले बताए ।
युवाहरु विदेशीने लर्काे बढिरहेको बेला वालिङ–१२, धनमुडाका डोलम पराजुलीले गरेको यो प्रयालाई स्थानीय सरकारले पनि प्रोत्साहित गर्नुपर्छ । यस्ता अभियानले एकातिर स्थानीय उत्पादनले बजार पाउनेछन् भने अर्काेतिर युवाहरु स्वरोगजार हुनेछन् ।अकला आवाजबाट