स्याङ्जा
स्याङ्जाको आधीखोला गाउँपालिका वडा नं ३ को भञ्ज्याङमा नवनिर्मित स्वास्थ्य चौकि भबनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन गाउँपालिका अध्यक्ष विश्व पौडेलले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले जनताको सबैभन्दा महत्त्वपूर्ण बिषय स्वास्थ भएकोले पालिकाले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । नेपालमा निजी स्वास्थ क्षेत्र महङ्गो हुदै गएको बेलामा पालिकाको पहलमा नागरिकलाई सरकारी सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन जोड दिएको बताउनुभयो छ ।
स्थानीय समुदायलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व हामिले पुर्ण र प्रभाबकारि रूपमा गर्ने बताउदै जग्गा दाता, जग्गा ब्यबस्थापन देखि निर्माणका कार्यमा योगदान दिनुहुने सबै धन्यवाद दिनुभएको छ । टोल टोलमामा स्वास्थ्य सेवा, वडा वडामै स्वास्थ्य जाँच र पालिकामै स्वास्थ्य परिक्षण कार्यान्वयनमा प्रतिबद्ध छौ अध्यक्ष पौडेलले भन्नुभयो ! वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर कार्किको अध्यक्षतामा संचालित कार्यक्रममा पालिकाका योजना शाखा प्रमुख कृष्ण प्रसाद पोख्रेलको संचालन गर्नुभएको थियो ! उद्घाटन कार्यक्रममा संघीय ईकाई कार्यान्वयन शाखा कास्कीका प्रमुख सरेश पौडेल, ईन्जिनियर रामकृष्ण गिरि, नायव सुव्बा शिव प्रसाद पौडेल लगायतको उपस्थित रहेको थियोे । भने ओम प्रकाश शर्मा, रेशम बहादुर कार्कि,बिष्णु बहादुर खत्रि, प्रेम प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।