अनखबर
विप्लब निकट नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला कमिटिले बैकंहरुको चर्को व्याजदर, लघुबित्त र मिटर व्याजका बिरुद्द बिरोध प्रदर्शन गरेको छ ।


पार्टी केन्द्रीय कार्यक्रम अनुसार बिरोध कार्यक्रम गरिएको हो । नेकपाले कालो ब्यानर सहित प्रदर्शन गरी वालिङ,गल्याङ र स्याङ्जामा ब्यानर टागेको हो ।
स्याङजाका गाउगाउमा पुगेर सस्तो ब्याजमा रिन दिने नाममा जनताहरुलाई ठ्ग्ने केही लघुबित्तहरुको गुनासो आएको भन्दै गुनासोको आधारमा लघुबित्तहरुलाई ज्ञापनपत्र देखी अन्य संघर्षका कार्यक्रमहरु समेत तय गरिएको नेकपा स्रोतले बताएको छ ।
स्याङजामा आधिखोला लघुबित्त,सुर्यादय लघुवित्त, मुक्तिनाथ लघुबित्त,नेष्टो नेपाल लगायतका लघुबित्तहरु सक्रीय छ्न ।
समुह बनाएर अनावश्यक ऋण प्रवाह गर्ने र २१ देखि २९ प्रतिशतसम्म ब्याज असुली गरेको गुनासो नेकपामा परेको छ ।
नेकपाले अनावश्यक ब्याज असुली गर्ने बैंक तथा लघुवित्तका विरुद्ध संघर्षमा आउन सबैलाई आग्रह समेत गरेको छ । (अकला आवाजबाट साभार)