स्याङ्जा

मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आँधीखोला गाउँपालिका देशभरमा नवौं स्थानमा उत्कृष्ट बन्न सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार उक्त गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्याङ्कन अङ्क प्रदान गरिएको थियो ।

नेपाल सरकार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिबेदनमा स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये भने आँधीखोला गाउँपालिका ७४.९४०४ नम्बर सहित पहिलो स्थानमा पर्न सफल भएको छ ।

उत्कृष्ट भएपछि गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले पालिकाबासी जनसमुदाय,कर्मचारी र सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । सिमित स्रोत र साधनलाई अधिकतम् परिचालन गरि संस्थागत पारदर्शितालाई समेत ख्याल राष्ट्रिय रुपमा नवौं स्थानमा पर्दा खुसी छौँ अध्यक्ष पौडेलले भन्नुभयो- । पालिकाले अनावश्यक भत्ता कटौती गरी नागरिकका सेवामा खर्चने समेत जोड गरेको छ ।