अनखबर / स्याङजा
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्याङजाले सहिद सप्ताहाको अवसर पारी सहिद परिवारको घरमा पुगि फलफूलको विरुवाहस्तान्तरण सहित वृक्षरोपण गरिरहेको छ ।
स्याङजामा सहिद तथा बेपत्ताका परिवारलाई सहिदको सम्झना गर्दै आप, लिचि, धुपी सल्ला लगायतको बिरुवाहरु सहिदको घरमापुगि परिवारसहित पार्टी नेता तथा कार्यकर्ताहरु आफैले रोप्ने र पानी हाल्ने गरिरहेको छ ।
पार्टीको केन्द्रीय निति बमोजिम हरेक सहिद परिवारको घरमा एक फलफूलको बिरुवा एक जडीबुटीको बिरुवा र एक फूलजन्य बिरुवाहस्तान्तरण गरिने कार्यक्रम अन्तरगर्त झण्डै १ दर्जनबढी बिरुवा रोप्ने काम भैसकेको र बाकी सहिद परिवारकोमा समेत पुग्ने जिल्लासेक्रेटरी सागरले जानकारी दिनुभयो । स्याङजामा जनयुद्दमा ५२ जना सहिद भएका थिए भने ५ जना बेपत्ता भएका थिए । नेकपालेपहिलो सहिद दिलबहादुर रम्तेल मारिएको दिन फागुन १४ देखी २१ गतेसम्म सप्ताहाब्यापी कार्यक्रम गर्दै आएको छ ।
अन्य सहिद सप्ताहामा अन्तरक्रीयात्मक कार्यक्रम गर्ने र प्रमाणपत्रले सम्मान गर्ने गरेपनी यसपटक सहिद परिवारको घरमै पुगिपारिवारिक अबस्था र राजनितिक परिघटनाबारे सहिद परिवारको गुनासो सुन्दै सल्लाहा र सुझाव लिएर कार्यक्रम गर्दा पार्टी जनताकोमापुगेको महसुस गरेको नेकपाका जिल्ला नेता सङ्हर्षले बताए ।
पार्टीप्रती गुनासो एव सहिद परिवारलाई उचित ब्यबस्थापन र सहयोग नभएको भन्दै कतिपय सहिद परिवारले गुनासो समेत गरेका थिए। सहिद ओ म प्रसाद भुषालकी छोरी सिर्जना भुषालले सहिद परिवारलाई ब्यबस्थापन गर्न पार्टीले वेवास्ता गरेको गुनासो गरिन ।
त्यस्तैसत्ताधारी पार्टीले सहिद परिवारलाई उचित सहयोग नगरेको र सहिदका सपना पूरा गर्न सबै माओवादीहरु एकजुट हुनुपर्नेमा फुटेकोलेनिरास बनाएको सहिद चुडामणी पराजुलीकी आमा हेममाया पराजुलीले बताउनुभयो । “अरु बेला एउटा प्रमाणपत्र पाईथ्यो, त्यही लिननी कहा कहा गएर भाषण सुन्नपर्थ्यो तर यसपटक विप्लव पार्टीले घरमै आएर छोराको नाममा बिरुवा लगाईदिदा निकै खुसी लाग्यो ” सहिद कमल पौडेलेका बुवाले भने ।
नेकपाले पार्टी कार्यालय एव शहिद स्मृती भवन मा समेत रुख र फूल रोपेको छ । फागुन १४ देखी सहिद सप्ताहा मनाईरहेको नेकपाले सबै सहिद परिवारलाई रुख बिरुवा एव अन्यकृषीजन्य सामाग्री एव बिउहरु उपलब्ध गराउने योजना रहेको बताएको छ ।