अनखबर
२०७२ सालको संविधान अनुसार २९ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीले ७ वर्ष राष्ट्रपतिका रूपमा व्यतीत गरिन् । राष्ट्रप्रमुखमा महिला निर्वाचित गरेको भनेर नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा पनि पायो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट नीजि निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्। गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।