अनखबर /बुटवल 

बुटवलस्थित यातायात व्यबस्था कार्यालय आर्थिक चलखेल हुने भनि वदनाम कार्यालयहरुमध्यको एक हो हाकिम भन्दा पिउनसर्बेसर्वा रहने यो कार्यलयमा कार्यालय प्रमुख भैइ आउन मरिहत्ते मात्रै गर्दैनन ,  आफ्नो सारा बल पैसा खन्याउछ्न भन्ने आरोप लाग्छ

घटनाक्रम हेर्दा यस्तो लाग्छ,  सरुवा रोक्नको लागी यति धेरै पैसा खर्च गर्ने ल्याकत राख्ने कर्मचारी तिनका पिउन कति पैसा कमाउनयस्तो गर्दा हुन ?

यस्तै स्थिती , यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र बुटवल कार्यालय मा , अहिले कार्यालय प्रमुख छैनन   कागजमात्रै हेर्ने हो भने यस्तो लाग्छ की अहिले कार्यलयमा दुईजना प्रमुख छ्न तर नितिगत हेर्दा अहिले कार्यालय प्रमुखविहिन यसअघी कार्यालय प्रमुख रहेका विवादित छवीका केशव अर्याललाई त्यहाबाट सरुवा गर्ने भन्दै  २०७९ चैत २ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीतथा मन्त्रीपरिषदको कार्यालयले  निर्णय गर्दै वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको थियो यो हेर्नुस

  

मन्त्रीपरिषदबाट निर्णय नै भैइ आएको कयौ दिनपछी भने  उनै केशव अर्याल पुन अफिस गएका छ्न यसकारण की उनले आफ्नोसरुवाको रमाना बुझिसकेका छैनन

यता सरुवा भै आएका प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डेलाई अर्यालको ठाउमा सरूवा गर्न पत्राचारगरेको सोही अनुसार पाण्डेले स्वास्थ्य मन्त्रालयबाट रमाना लिई मिति २०८०/०१/०६ मा यातायात कार्यालय बुटवल मा हाजिर पनिभएका छन। यो हेर्नुस उनको हाजिरि

   

अर्को अनौठो कुरा के भने उनै पाण्डेलाई थाहै नदिई २०७९/१२/२३ मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले बाराकोमहागढिमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा सरूवा गरेको देखिन्छ यो हेर्नुस ………

सोही दिन राष्ट्रिय किताबखानाको अभिलेखमा समेत महेश पाण्डे नगरपालिका मा हाजिर भएको जनाईएको   तर त्यसबारे आफूलाईकुनै जानकारी नभएको आफू बारा नगएको पाण्डेले अनखबरसगको कुराकानीमा बताएका छ्न   पाण्डे उक्त दिन पनि साबिककोकार्यालय  प्रदेशकै स्वास्थ्य मन्त्रालयमा हाजिर भएका प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको रेकर्डले देखाउछ,  यो हेर्नुहोस ………

कर्मचारीको शक्ती को लडाईले यता सेवाग्राहीले मार खेपिरहेका छन पाण्डेको सरुवा रोकि आफ्नै रमाना खारेज गराउन अर्यालपछिल्लो समय निकै सक्रीय देखिन्छ्न उनका सहयोगी यातायात क्षेत्रमा वदनामी कमाएका लक्ष्मण पाण्डेयसहित लुम्बिनि प्रदेशसरकारको ढोकामा कहिले सङीय मन्त्रालयसम्म पुगेका छ्न नाम नखोल्ने सर्तमा यातायातकै एक कर्मचारीले उनीहरुले ठूलो पैसाकोचलखेल गरी ब्याकडेटको सरुवामा हस्ताक्षर गराएको हुनसक्ने बताए   कर्मचारीको सरुवा हुदा कार्यरत कार्यालयलाई कुनै जानकारीनहुनु,  सरुवा भएका भनिएका कर्मचारीलाइ समेत जानकारी नहुनु तर किताबखानाको विवरणमा भने सरुवा भएको देखिनुले यसमा ठूलैसेटिङ्ग चलखेल भएको बुझ्न यत्ति तथ्यले पुग्छ सरुवा भैसकेको भए उक्त मान्छेलाई कुन आधारमा स्वास्थ्य मन्त्रालयले रमानदियो,  एउटा प्रकृयागत रुपमा सरुवा  भएर आउदा पनी यत्रो चलखेल हुनु दुखद भएको प्रदेश सरकारका एक कर्मचारी ब्ताउछ्न

  निज अर्यालले प्रदेश सरकार परिवर्तन हुनासाथ पुन यातायात सवारी चालक अनुमती पत्र, बुटवलमा आउने प्रयासमा छ्न,  उनीअहिलेपनी रमाना बुझेका छैनन उनी दिनहु कार्यालय पुग्छ्न कार्यकक्षको कुर्सीमा नबसी सोफामा बसेर बाहिरिने गरेको कर्मचारीलेबताउछ्न एउटा कार्यालयबाट सरुवा भएर पनी समयमा कर्मचारी हाजिरि हुन नजानु राज्यको निकम्मापनामात्रै नभैइ कर्मचारीकैअराजकता पनी हो ,  यसले नितिगत भ्रष्टाचार मौलाउछ अर्कोतिर सरकारी कार्यालयलाई नै प्रभावमा पारी गलत विवरण सार्वजनिकगरिएको देखिनु ले एउटा कर्मचारीको सरुवामा यत्रो ठूलो चासो राख्नु अनुसन्धानको बिषय देखिन्छ

  यातायात ब्यबस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाईसेन्स) विगतमा वदनाम कार्यालय मानिन्छ,  कहिले करार कर्मचारीकोबिषय कहिले सर्भरको समस्याले सेवाग्राहीले हैरानी खेप्ने गरेक छ्न विगतमा अस्थायी ठाउमा अब्यबस्थित ट्रायल सेन्टर रहेकोकार्यालयले हाल बेल्बासस्थित स्थायी ब्यबस्थित ठाउ बनाएको तर पछिल्लो सरुवामा देखिएको चलखेलले फेरी एकपटकयातायात कार्यालय को विश्वसनीयता माथी प्रश्न उठेको